आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

आर्मी र मणिमुकुन्दले जित निकाल्दा सशस्त्र र गल्कोटबीचको खेल स्थगित

आर्मी र मणिमुकुन्दले जित निकाल्दा सशस्त्र र गल्कोटबीचको खेल स्थगित

  • मिडिया डबली डेक्स
  • बिहिवार, पौष १८ २०८१

  • 957
    SHARES

  • आर्मी र मणिमुकुन्दले जित निकाल्दा सशस्त्र र गल्कोटबीचको खेल स्थगित

    बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप  इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपमा बिहीबार त्रिभुवन आर्मी र मणिमुकुन्द क्लबले जीत हात पारेका छन् भने तेस्रो खेल भने शीतलहरका कारण स्थगित भएको छ ।

    बुटवलको रामनगर खेल मैदानमा भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा आर्मीले भारतीय गुजरात स्टेट भलिबल एशोसिएसनलाई  ३ , १ को सेटमा पराजित गरेको हो । आर्मीले खेलको पहिलो सेट १५, २५ ले  हारेपनि त्यसपछि खेलको लय समात्दा जीत निकालेको हो । 

    त्यसपछि दोस्रो सेट २९–२७ ले जित्दै आर्मी खेल फर्कियो । तेस्रो र चौथो सेट २५–२१ र २५–२२ ले जित्दै आर्मी पहिलो जित हात पार्न सफल भयो । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका धनपति कुँवर,सरन सामारी, धनपति कुँवर, धनबहादुर भट्ट, दुर्गा महतो, दुर्गा बहादुर खड्कासहित आर्मी मैदान उत्रेको थियो । यद्यपि आर्मीले भारतीय खेलाडीका सर्भिसलाई रिसिभ गर्न नसक्दा अंक धेरै गुमाउनु परेको थियो । 

    निकै प्रतिश्पर्धात्मक खेलमा एक समय २३–१९ अंककासाथ जित नजिक पुगेको स्थितीमा लगातार अंक गुमाउन पुग्दा खेल खेल २९–२७ सम्म पुगेको थियो । जेहान मल्लीकको नेतृत्वमा रहेको गुजरातले खेलको सुरुवातमा अंक बटुल्दै ६–० ले अग्रता लिएको थियो । आर्मीका स्पाइकरलाई चल्न नदिएपनि आर्मीले पहिलो टाइम आउट लिएर मैदानमा उत्रेपछि गुजरातलाई भारी भएको थियो । तेस्रो सेटमा धन बहादुर भट्ट र सरन सामरीको लगातारको सफल स्पाइक तथा गुजरातका ६ वटा सर्विसले नेट पार गर्न नसक्दा आर्मीले २५–२१ अंककासाथ जित निकालेको थियो । भारतीय टिमको कमजोरी पत्ता लगाएको आर्मीले चौथो सेट २५–२२ मा जितेको थियो ।

    मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा  दोस्रो खेल रुपन्देहीको मणीमुकुन्द भलीबल क्लबले ३,० को सोझो सेटमा जितेको छ । पहिलो सेटमा मणिमुकुन्द क्लबले २५, २१  ले  जितेको थियो । दोस्रो सेटमा २५ १५ हुदै मणिमुकुन्द पुन अगाडि लागेको थियो । तेस्रोमा २५, २१ सेट ल्याएपछि मणिमुकन्द विजयी बनेको  थियो । 

    सशस्त्र प्रहरी र गल्कोटबीचको खेल भने शीतलहरका कारण स्थगित भयो । खेलमा  चौथो सेटको प्रतिश्पर्धा हुदैगर्दा शीतलहरका कारण खेल स्थगित भएको हो । सम्पन्न भएका सेटहरुमा  २ सेट गल्कोटले र १ सेट सशस्त्र प्रहरीले जितेका थिए । स्थगित भएको खेल प्राविधिक र आयोजक टिम बसेर तय गरिने भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताउनुभयो  । 

    मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता  गरेको हो । च्याम्पियनसिपमा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ ।

    प्रतियोगितामा एक भारतियसहित ८ टिम सहभागी छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १८ २०८१०८:२३:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend