बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अमेरिकामा ट्रकले भीडलाई ठक्कर दिँदा १५ जनाको मृत्यु

अमेरिकामा ट्रकले भीडलाई ठक्कर दिँदा १५ जनाको मृत्यु

  • मिडिया डबली डेक्स
  • बिहिवार, पौष १८ २०८१

  • 831
    SHARES

  • अमेरिकामा ट्रकले भीडलाई ठक्कर दिँदा १५ जनाको मृत्यु

    काठमाडौं । अमेरिकी शहर न्यु अर्लिन्सको एक पर्यटकीय क्षेत्रमा ट्रकले भीडलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। 

    अर्लिन्स क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो लागेका बेला तीव्र गतिको ट्रकले ठक्कर दिएको थियो। भीडलाई ठक्कर दिएपछि ट्रक चालक बाहिर निस्किएर गोली चलाउन थाल्दा प्रहरीले नियन्त्रणमा लिएको छ। 

    आक्रमणकारी ट्रक चालक ४२ वर्षीय अमेरिकी नागरिक समसुद–दिन जब्बार रहेको खुलेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रक चालक जब्बार आतंकवादी समूह आईएसबाट प्रभावित व्यक्ति भएको बताएका छन्। 

    बाइडेनले पत्रकार सम्मेलन गरी आक्रमणकारीबारे जानकारी गराएका थिए। अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार ती व्यक्तिले ट्रक भिडमा कुदाउनुअघि सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गरेको पाइएको छ। जुन सन्देशले आफू हत्या गर्न हिँडेको संकेत गरेको थियो।

    यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटेल ‘ट्रम्प’मा रोकिराखेको धनाड्य व्यवसायी एलन मस्कको साइबर ट्रक विस्फोट भएको छ  विस्फोटमा चालकको मृत्यु भएको छ । ट्रम्प होटेलमा साइबर ट्रक विस्फोटबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०८:०२:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend