आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

उद्घाटन खेलमा आयोजकलाई हराउँदै नेपाल प्रहरी विजयी

उद्घाटन खेलमा आयोजकलाई हराउँदै नेपाल प्रहरी विजयी

  • मिडिया डबली डेक्स
  • बुधवार, पौष १७ २०८१

  • 732
    SHARES

  • उद्घाटन खेलमा आयोजकलाई हराउँदै नेपाल प्रहरी विजयी

    बुटवल । मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसीपको उद्घाटन खेलमा नेपाल प्रहरीले जित हात पारेको छ । प्रहरीले ३, १ को सेटमा जित हात पारेको हो । बुटवलको रामनगर खेलमैदानमा पहिलो सेट २५, २२, दोस्रो सेट २५, २०, तेस्रो सेट ३२, ३४ हुँदै  चौथो सेट २५, १८ ले आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीलाई पछाडि पार्दै नेपाल प्रहरीले जीत निकालेको हो । 

    विभागिय टिम नेपाल प्रहरी र आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीबीच बुधबार निकै प्रतिश्पर्धात्मक खेल भएको थियो । यद्यपि  वेष्ट अफ फाइभमा भएको प्रतियोगितामा आयोजकले जीत निकाल्न सकेन । नेपाल प्रहरीका  चन्द्र कुंबर र मदन भण्डारीको राजन कुंवर प्रशिक्षक रहेका थिए । 

    मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा भोलि बिहीबार तीन प्रतियोगिता हुदैछन् । पहिलो खेल त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एशोसिएसनबी हुनेछ । दोस्रो खेल रुकुमपश्चिम भलीबल प्रशिक्षण केन्द र मणीमुकुन्द भलीबल क्लबबीच हुनेछ भने तेस्रो खेल सशस्त्र प्रहरीबल र गल्कोट भलीबल क्लबबीच हुनेछ । 

    भेलि बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताउनुभयो  ।  नेपाल र भारतका ८ भलीबल टिम सहभागी खेल पुस २४ गतेसम्म संचालन हुनेछ ।  मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता सुरु गरेको हो । 

    प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मदनको विचारलाई आत्मसाथ गर्दै स्थापनमा भएको मदन भण्डारी स्पोटर्स एकेडेमीमा खेलाडी र प्रशिक्षक उत्पादन र प्रवद्धन गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकाकार तम्तयार भएको बताउनुभयो । 

    सस्थापक अध्यक्ष रमेश शिलवाल, भलिवल संघका उपाध्यक्ष भरत शाह,  संविधानसभा सदस्य राधाकृष्ण कंडेल, प्रतिनिधी सभा सदस्य वासुदेव घिमिरेले लगायतले बोल्दै मदन भण्डारी स्पोटर्स एकेडेमीले खेलकुदको विकासका लागि गरेका क्रियाकलापमा हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभयो । उद्घाटन खेलमा मदन भण्डारी गोल्डकप नेपालको पहिलो एथलेटिक्स प्रशिक्षक मधुशमशेर जबरालाई ५१ हजार रुपैयाँ राशीले सम्मान गरिएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकास र दक्ष खेलाडी निर्माणकालागि स्थानीयतहदेखि प्रदेश हुँदै संघसम्म कमिटी निर्माणगरी विद्यालयदेखि विश्वविद्यालय हुदै ओलम्पीकसम्म खेलगतिविधि सञ्चालन गरीरहेको बताउनुभयो । 

    उद्घाटन खेलमा मदन भण्डारी गोल्डकप नेपालको पहिलो एथलेटिक्स प्रशिक्षक मधुशमशेर जबरालाई ५१ हजार रुपैयाँ राशीले सम्मान गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १७ २०८१०६:३३:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend