बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

  • मिडिया डबली डेक्स
  • सोमवार, पौष १५ २०८१

  • 387
    SHARES

  • बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

    काठमाडौं । बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका– ५ गुम्बाटोलकी ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    उनिमाथि घरनजिकैको खोल्सामा घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको बताइएको छ । अबेरसम्म नफर्किएपछि खोजी गर्दै जाँदा राति १० बजे घरबाट करिब ५०० मिटर पूर्वतर्फ शरीरमा चोट लागेको मृत अवस्थामा रुम्बालाई फेला पारिएको प्रहरी निरिक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।

    उनको शव अहिले पोष्टमार्टमका लागि हेटौंडा अस्पतामा राखिएको छ। बाघको आक्रमणबाट वृद्धा महिलाको मृत्यु भएपछि मनहरीमा त्रास बढेको छ।

    चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यस क्षेमा हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ। मनहरीमा ४ महिनाअघि भैंसीले हानेर बाघ मरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १० २०८११२:२०:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend