काठमाडौँ । बलिवुडका चर्चित फिल्म निर्माता निर्देशक करण जोहरको कम्पनी धर्मा प्रोडक्सनमा अदार पूनावाला आधा सेयर होल्डर हुने भएका छन् ।
अदार पूनावालाको नेतृत्वमा रहेको सिरिन प्रोडक्सन र चर्चित बलिउड निर्माता-निर्देशक करण जोहरको धर्मा प्रोडक्सनबीच साझेदारी भएको हो । अदार पूनावालाले धर्मा प्रोडक्सनमा दुई हजार करोड रुपैयाँ लगानी गरेका छन् ।
यही लगानीबाट पूनावालाले धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर किनेको धर्म प्रोडक्सनले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । धर्मा प्रोडक्सनले अदार पूनावाला नेतृत्वको सिरिन प्रोडक्सनले करण जोहरको धर्मा प्रोडक्सन र धर्माटिक इन्टरटेनमेन्ट (संयुक्त रूपमा धर्म भनेर चिनिने) मा एक-एक हजार करोड रुपैयाँ लगानी गरेको बताएको छ । करण जोहरको धर्मा प्रोडक्सन भारतको प्रमुख फिल्म निर्माण कम्पनीहरू मध्ये एक हो ।
२,००० करोडको लगानीमा, सिरिन प्रोडक्सनको धर्मा प्रोडक्सनमा अब ५० प्रतिशत हिस्सेदारी छ । बाँकी ५० प्रतिशत सेयर करण जोहरको रहेको नै हुने छ ।
कम्पनीको कार्यकारी अध्यक्षको हैसियतमा करण जोहरले कम्पनीको सबै रचनात्मक कार्यको नेतृत्व गर्नेछन् भने अपूर्व मेहताले प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्ने बताइएको छ ।
यो सहकार्य भारतीय सिनेमालाई विश्वमा लैजान महत्वपूर्ण कदम हुने धर्मा प्रोडक्सनले उल्लेख गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।