आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बेहुली हुँदाको अनुभवको कथा लेखे पुरस्कार दिने

फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बेहुली हुँदाको अनुभवको कथा लेखे पुरस्कार दिने

  • मिडिया डबली
  • बुधवार, आश्विन ९ २०८१

  • 1.2K
    SHARES

  • फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बेहुली हुँदाको अनुभवको कथा लेखे पुरस्कार दिने

    काठमाडौँ । असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले फिल्मको प्रचार गर्न प्रतियोगिताको घोषणा गरेका छन् ।

    फिल्मको थिमअनुसार बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा आकर्षक पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । फिल्मकी प्रमुख अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराएकी छन् । उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ ।

    फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ । यसमा सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन छ ।

    स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ९ २०८१०४:५१:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend