काठमाडौं - एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा बुधबार सम्पन्न खेलमा उज्बेकिस्तानले नेपाललाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल खाएको थियो । समूह बीमा यो जितपछि उज्बेकिस्तानको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपालले भने ३ खेलमा तीन अंक जोडेको छ ।
अघिल्लो खेलमा उज्बेकिस्तानले कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको थियो ।
त्यस्तै नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । अब नेपालले शुक्रबार बहराइनसँग खेल्ने तालिका रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।