बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

स्वरेजको दुई गोलमा इन्टर मियामीको सहज जित

स्वरेजको दुई गोलमा इन्टर मियामीको सहज जित

  • मिडिया डबली
  • आइतवार, भाद्र १६ २०८१

  • 903
    SHARES

  • स्वरेजको दुई गोलमा इन्टर मियामीको सहज जित

    काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले अर्को जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिकागो लाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

    इन्टर मियामीको जितमा लुइस स्वरेजले २ गोल गरेका थिए भने रोबर्ट टेलरले एक गोल गरेका थिए । त्यस्तै एक गोल सिकागोका टोबिआस सालक्विस्टले आत्मघाती गोल गरेका थिए ।

    त्यसैगरी सिकागोका लागि एक गोल जर्गीओस कोउटीसिआसले गरेका थिए । इन्टर मियामी पछिल्ला खेलहरुमा आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना नै खेलिरहेको छ । मेसी इन्जुरीका कारण टिमबाट बाहिर रहेका छन् ।

    मिडिया रिपोर्टका अनुसार मेसी छिटै मैदानमा फर्किने क्रममा रहेका छन् । यो जितपछि इन्टर मियामी इस्टर्न कन्फेरेन्समा २७ खेलमा ५९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै सिकागोको २७ खेलमा २६ अंक रहेको छ र १४औ स्थानमा रहेको छ ।      

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १६ २०८१०९:४७:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend