आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

शाहरुख बलिवुडमा सबैभन्दा धनी, शिर्ष पाँचमा को को छन् ?

शाहरुख बलिवुडमा सबैभन्दा धनी, शिर्ष पाँचमा को को छन् ?

  • मिडिया डबली
  • शनिवार, भाद्र १५ २०८१

  • 1.5K
    SHARES

  • शाहरुख बलिवुडमा सबैभन्दा धनी, शिर्ष पाँचमा को को छन् ?

    काठमाडौँ । बलिवुडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडी रहेका छन् । शुक्रबार सार्बजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् ।
    जस अनुसार श्हरुख खानको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ । शाहरुखले अभिनयबात कमाउने बाहेक उनको फिल्म प्रोडक्सन कम्पनि रेड चिलिज रहेको छ भने आइपिएल टिम कोलकोता नाइट राइडर्स समेत रहेको छ । 
    त्यस्तै बलिवुडमा शाहरुख खानपछि उनकै विजिनेस पार्टनर समेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ ।

    जुही चावलाको शाहरुख खानसँग रेड चिलिज र कोलकोता नाइट राइर्ड्स दुवैमा साझेदारी रहेको छ । 

    त्यसपछि बलिवुड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा रहेका छन् । ऋतिकको कुल सम्पत्ति कुल २ हजार करोड रहेको छ । ऋतिकपछि चौथो नम्बरमा महानायक अमिताभ बच्चन रहेका छन् ।

    अमिताभ बच्चनको कुल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ । अमिताभ बच्चनको अभिनय बाहेक थुप्रै कम्पनीहरुमा रणनीतिक लगानी रहेको छ ।

    त्यस्तै पाँचौं स्थानमा बलिवुडका निर्माता एवम निर्देशक करण जोहर रहेका छन् । करणको कुल सम्पत्ति १४ सय करोड रहेको छ । करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनि धर्मा प्रोडक्सन रहेको छ ।
     
     
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र १५ २०८११०:१६:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend