शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

पाकिस्तान सरकारले ल्याएको बजेटको पारदर्शीतामाथि उठ्यो गम्भीर प्रश्न

पाकिस्तान सरकारले ल्याएको बजेटको पारदर्शीतामाथि उठ्यो गम्भीर प्रश्न

  • मिडिया डबली
  • बिहिवार, आषाढ १४ २०८१

  • 1.2K
    SHARES

  • पाकिस्तान सरकारले ल्याएको बजेटको पारदर्शीतामाथि उठ्यो गम्भीर प्रश्न

    काठमाडौँ– पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानका पूर्वमुख्यमन्त्री हफिजुर रहमानले सरकारले ल्याएको बजेटको पादर्शीतामाथि प्रश्न उठाएका छन्।

    पाकिस्तानको संघीय सरकारले यस क्षेत्रका लागि आर्थिक वर्ष २०२४–२५ मा ६८अर्ब पाकिस्तानी रुपैयाँ विनियोजन गरेकोे भारतीय समाचारसंस्था एएनआईले जानकारी दिएको छ।

    पत्रकार सम्मेलन गर्दै पूर्वमुख्यमन्त्री रहमानले प्रान्तीय प्रशासनले ६८ अर्ब रुपैयाँ कसरी खर्च गर्छ भन्ने अझै स्पष्ट नभएको उल्लेख गरेका छन् । यस बजेटले आफ्नो प्रान्तका लागि कुनैपनि नयाँ विभाग गठन नगरेको र भौतिक पूर्वाधारको कुनै नयाँ परियोजना पनि सुरु नगरेको उनको भनाइ रहेको छ ।

    उनले यो बजेट उच्च पदस्थ अधिकारीको तलब र इन्धनमा मात्र खर्च हुने त होइन भन्ने प्रश्न पनि गरेको एएनआईले जनाएको छ । उनले गिल्गिट बाल्टिस्तानमा सुरक्षाका अवस्थाबारे चिन्ताव्यक्त गर्दै प्रशासनिक लापरवाहीले गिल्गिट बाल्टिस्तानकाजनताले ज्यान गुमाउनुपरेको आरोप पनि लगाएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend