इस्लामाबाद–पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धि भएपछि कम्तीमा २५ जनाको ज्यान गएको छ ।
साथै, हजारौँलाई अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन् ।
यद्यपि, मुटुको रोग र क्यान्सरजस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको उद्धारमा संग्लग्नहरूले बताएका छन् ।
पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार मुख्यतया शहरी क्षेत्रमा समुद्री हावाको अवरोधका कारण विगत तीन दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको बताएको छ । मौसम विभागले बुधबार साँझ कराँचीमा समुद्री हावा फेरि शुरू हुने जसले गर्दा तापक्रममा क्रमिक गिरावट आउन सक्ने पूर्वानुमान गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।