आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुदै, स्वास्थ्य अवस्था स्थिर

स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुदै, स्वास्थ्य अवस्था स्थिर

  • मिडिया डबली
  • सोमवार, आषाढ ११ २०८१

  • 1.0K
    SHARES

  • स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुदै, स्वास्थ्य अवस्था स्थिर

    काठमाडौँ - जारी युरोकपमा हंगेरीका फरवार्ड बर्नाबास भार्गा स्कटल्याण्डका गोलकिपर एनगस गनसँग ठोक्किएपछि घाइते भएका छन् ।

    खेलको ८० मिनेटपछिको खेलमा दुवै खेलाडी ठोक्किएपछि भार्गा घाइते भएका थिए । उनलाई खेल केहि बेर रोकेर तत्काल मैदानमै प्राथमिक उपचार दिइएको थियो ।

    उनलाई खेलाडीहरुले छोपेर मैदानमा उपचारपछि अस्पताल लागिएको थियो । हंगेरीको फुटबल फेडेरेसनले उनको अहिले अस्पतालमा उपचार भइरहेको, अवस्था स्थिर रहेको र खतरामुक्त रहेको बताएको छ ।

    त्यस्तै हंगेरीका प्रशिक्षक  मारको रोजीले उनी खतरामुक्त रहेको र उनको अनुहारमा फ्र्याक्चार रहेको बताएका छन् । यस घटनापछि उनी युरोकपबाट भने बाहिर भएका छन् ।  

    यस खेलमा हंगेरीले स्कटल्याण्डलाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेर नकआउट चरणको दौडमा कायम राखेको छ । समुह ए मा तस्रो रहेको हंगेरी ६ समुहका तेस्रो स्थानमा रहेका शिर्ष चारमा परेमा नक आउट  चरणमा छनौट हुने छ ।
     

       

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ११ २०८१०८:३९:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend