बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गृहमन्त्रीको फेसबुक निर्देशनकै भरमा नागरिकलाई सडकमा उभ्याउन मिल्दैन : सभापति खतिवडा

गृहमन्त्रीको फेसबुक निर्देशनकै भरमा नागरिकलाई सडकमा उभ्याउन मिल्दैन : सभापति खतिवडा

  • मिडिया डबली डेक्स
  • बिहिवार, जेठ १७ २०८१

  • 1.6K
    SHARES

  • गृहमन्त्रीको फेसबुक निर्देशनकै भरमा नागरिकलाई सडकमा उभ्याउन मिल्दैन : सभापति खतिवडा

    काठमाडौं - गृहमन्त्रीको निर्देशनमा ट्राफिक प्रहरी कार्यालयले बुधबारबाट मापसे, लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेको छ।

    त्यसको आलोचना गर्दै प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले कानुनी राज्यमा फेसबुकबाट निर्देशन दिएर कानुनविपरीत नागरिकलाई सडकमा उभ्याउन नमिल्ने बताए।

    कानुनी राज्य कसैको सनकका भरमा नचल्ने भन्दै उनले भने, ‘कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन । अहिले सडकमा मान्छेहरूलाई कुनै मन्त्री, उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुकासम्म कानुनविना ठिङ्ग्याएर राख्ने पद्धति सरासर गलत छ । मापसे गर्‍याे भनेर त्यसलाई सडकमा ठिङ्ग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकार हनन हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend