बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एशिया बैंकको सम्मान

राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एशिया बैंकको सम्मान

  • मिडिया डबली
  • मंगलवार, बैशाख २५ २०८१

  • 1.1K
    SHARES

  • राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एशिया बैंकको सम्मान

    काठमाडौँ- ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

    केही समयअघि साउदी अरेबियामा सम्पन्न डब्लूएएफ वुमेन्स् च्याम्पियनसिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको टोलीलाई बैंकले नगद पुरस्कारसहित सम्मान गरेको हो ।

    ​​​​ अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेकाले ललितपुरस्थित होटल हिमालयनमा यही वैशाख २४ गते ​आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको बैंकले जनाएको छ ।

    बैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरूलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

    साथै, बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगरलाई ब्रान्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १७ २०७९०४:२५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend