आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

फिल्म निर्देशनमा प्रकाश सपूत

फिल्म निर्देशनमा प्रकाश सपूत

  • मिडिया डबली
  • आइतवार, बैशाख २३ २०८१

  • 1.7K
    SHARES

  • फिल्म निर्देशनमा प्रकाश सपूत

    काठमाडौं - गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले बसन्त नामको फिल्म बनाउने घोषणा गरेका हुन् ।

    ‘वसन्त’ मा मुख्य भूमिकामा प्रकाश आफै रहने छन् भने उनको अपोजिटमा स्वस्तिमा खड्का हुने बताइएको छ । चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रको निर्देशन पनि प्रकाश सपुत आफैँले गर्दै छन् ।

    सिनेमामा लेखन र संगीत समेत प्रकाशकै हुनेछ ।  चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् । सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् ।

    प्रकाशले चलचित्र ‘परदेशी–२’ मा अभिनय गरेका थिए । उनले फिल्म‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गर्नेछन् । आफ्नो फिल्म अघि यस फिल्मको छायांकन सक्ने उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २३ २०८१०५:१३:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend