बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सिजी ब्राण्डको डिलर मिट सौराहामा सम्पन्न

सिजी ब्राण्डको डिलर मिट सौराहामा सम्पन्न

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १५ २०८०

  • 2.7K
    SHARES

  • सिजी ब्राण्डको डिलर मिट सौराहामा सम्पन्न

    काठमाडौँ- नेपालकै सबैभन्दा ठूलो र नं.१ ब्राण्ड सिजीले यही फाल्गुन १४ गतेको दिन सौराहा स्थित होटेल जङ्गल क्राउनमा आफ्नो डिलर मिट कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

    उक्त कार्यक्रममा सिजीले पोखरा, बुटवल र नारायण घाट एरियासम्मका सम्पूर्ण डिलरहरूलाई निमन्त्रणा गरी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा सिजीका भाइस प्रेसिडेन्ट एससिसाबु र बियुयच धर्मेन्द्र जोशीले दीप प्रज्वलन गरी कार्यक्रम सुरु गरेका थिए। सेल्स हेड हरिचन्द्र अर्यालले आकर्षक स्किमको पनि घोषणा गरे। कार्यक्रममा ७० जना भन्दा बढी डिलरहरूको उपस्थिति रहेको थियो।

    सिजी बाण्डका घरायसी सामाग्रीहरूको प्रदर्शनी गर्नुका साथै आफ्ना सामानहरूको जानकारी एवं आउँदै गरेको सामानहरूको बारेमा पनि प्रडक्ट प्लानिङ म्यानेजमेन्ट टिमले बताए। कार्यक्रममा चौधरी ग्रुप लगायत सिजी बाण्डका कर्पोरेट भिडियो देखाई कम्पनी र बाण्डको बारेमा जानकारी दिइएको थियो।

    साथै विभिन्न क्षेत्रका डिलरहरूलाई विभिन्न अवार्डहरू वितरण गरी हौसला पनि प्रदान गरिएको थियो। कार्यक्रम सिजी बाण्डले यूएचडि र क्युलेड सेगमेन्टमा नयाँ गुगल टिभी सम्पूर्ण डिलरहरू बिच लन्च गर्‍यो।

    आफ्ना सम्पूर्ण डिलरहरूलाई आउँदा दिनहरूमा अझै राम्रा राम्रा सामानहरू र आकर्षक योजनाहरू पनि ल्याउने जानकारी दिँदै सेल्स हेड हरिचन्द्र अर्याल र सिजी सेल्सका डिजी एम शैलेन्द्र झाले बाचा गरेका थिए। सिजीका मार्केटिङ मेनेजर गौरव हमालले डिलरहरूलाई हौसला प्रदान गरेका थिए।

    कार्यक्रममा विभिन्न सांस्कृतिक साथै रात्रि भोज गरी आफ्ना सम्पूर्ण डिलरहरूलाई बस्ने व्यवस्था मिलाई कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण १५ २०८०१२:४७:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend