आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्द्वी लेबनान

वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्द्वी लेबनान

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १३ २०८०

  • 1.9K
    SHARES

  • वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्द्वी लेबनान

    काठमाडौं, १३ फागुन - साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ। गएराती समूह 'बि' का अन्तिम खेल सकिएसँगै सेमिफाइनलको समीकरण टुंगो लागेको हो।गएराती नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो।

    नेपालको जितमा सावित्रा भण्डारीले २ गोल गरेकी थिइन्। योसँगै सावित्राको नेपालका लागि अन्तराष्ट्रिय गोल संख्या ५२ पुगेको छ। त्यसैगरी नेपालका लागिओ रेखा पौडेल र गीता रानाले एक एक गोल गरेका थिए।

    यो जितपछि नेपाल समुह चरणमा तिनै खेलमा विजयी हुँदै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ। त्यस्तै हारका बाबजुत प्यालेस्टाइन पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

    अब नेपालले सेमिफाइनलमा लेबनानको सामना गर्ने छ। लेबनानले समूह ए मा ३ मध्ये २ खेल जितेको थियो। यो खेल मंगलबार राती नेपाली समय अनुसार १०: ४५ बजेदेखि शुरु हुने छ।

    त्यस्तै अर्को सेमिफाइनल खेल जोर्डन र प्यालेस्टाइनबीच हुने छ। यो खेल मंगलबार नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ।
      

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ११ २०८२१०:५६:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend