आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

उदित र दीपाको ‘थाहा छैन आज भोलि’मा भिजु र श्रद्धाको रोमान्स

उदित र दीपाको ‘थाहा छैन आज भोलि’मा भिजु र श्रद्धाको रोमान्स

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २ २०८०

  • 2.3K
    SHARES

  • उदित र दीपाको ‘थाहा छैन आज भोलि’मा भिजु र श्रद्धाको रोमान्स

    काठमाडौँ, २ फागुन - भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र  दीपा झाको स्वरमा ‘थाहा छैन आज भोलि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिका बस्दै आएकी समाजसेवी तथा गीतकार सरला श्रेष्ठको शब्द रहेको ‘थाहा छैन आज भोलि’मा लक्ष्मण पोखरेलको संगीत रहेको छ ।

    मनोज चौलागाइको एरेन्ज रहेको गीतमा मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच गीतकार समाजका अध्यक्ष बसन्त बित्यासी थापा, वरिष्ठ गीतकार बिबी थापा तथा वरिष्ठ संगीतकार राजु सिंहले सामुहिक रूपमा सार्वजनिक गरेको गीतको म्युजिक भिडियोमा गहिरो प्रेममा रहेको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी देखाइएको छ । 

    भिडियोले प्रेममा परेको मान्छे कति खुशी हुन सक्छ भनेर देखाउन खोजेको छ । जसमा ह्याण्डसम मोडल भिजु पार्कीसँग सुन्दरी नायिका श्रद्धा क्षेत्रीले अनस्किन रोमान्स गरेकी छिन् ।

    प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको गीतको भिडियोको निर्देशन लोकप्रिय निर्देशक सुव्रत आचार्यले गरेका हुन् ।  उत्सव दाहालको छायाकंन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । भिडियो एसएस क्रिएशन च्यानल बाट सार्वजनिक गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २ २०८००१:२३:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend