काठमाडौं - पछिल्लो समयमा ब्यापक रुचाइएका संगीतकार बादल घिमिरेले नयाँ गीत ‘कसम तोड्ने भा...’ ल्याएका छन् ।
गायिका मेलिना राई र गायक रामजी खाँडको स्वर रहेको गीतमा राधा खरेलको शब्द र बादलको संगीत छ । गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका छन् ।
प्रेम वियोगको भाव व्यक्त गर्ने गीतको भिडिओमा बादल र प्रियाना आचार्यले अभिनय गरेका छन् । भिडिओमा पति-पत्नीबीचको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गरिएको छ ।
विशाल घिमिरेले निर्देशन गरेको भिडिओमा नवराज उप्रेतीको छायांकन र पदम सुवेदीको सम्पादन छ । गीत ‘बादल घिमिरे’ नामक अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।