आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पाकिस्तानमा निर्वाचन अघिल्लो दिन आतंकबादी हमला, २८ को मृत्यु

पाकिस्तानमा निर्वाचन अघिल्लो दिन आतंकबादी हमला, २८ को मृत्यु

  • मिडिया डबली
  • बिहिवार, माघ २५ २०८०

  • 1.3K
    SHARES

  • पाकिस्तानमा निर्वाचन अघिल्लो दिन आतंकबादी हमला, २८ को मृत्यु

    इस्लामबाद, २५ माघ - पाकिस्तानमा आम निर्वाचन अघि भएको बिष्फोटमा परी २८ जनाको मृत्यु भएको छ । 
     
    बलुचिस्तानको पिसिन र किला सैफुल्लाहमा बुधबार भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको तथा ४० जना भन्दा बढी घाइते भएका हुन ।
     
    पाकिस्तानमा आमनिर्वाचन हुन लागेको एक दिन अगाडि यो घटना भएको हो । पाकिस्तानमा आज आम निर्वाचन हुदैँछ ।

    पाकिस्तानले भर्खरै आतंकवादमा वृद्धि भएको देखेको छ, विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा सुरक्षा चिन्ताहरू बढाउँदै ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी आजको िनर्वाचनका लागि खटाइएको छ ।
     
    पहिलो विष्फोट क्वेटाबाट एक घण्टाको दूरीमा रहेको पिसिनको खानोजई युनियन काउन्सिलमा हिजो दिउँसो केही बेरमा भएको डान न्युजले जनाएको छ । 

    जिल्लाका उपायुक्त जुम्मादाद मन्डोखाइलले डन डट कमलाई भनेका छन कि, ‘पिसिन– १ बाट निर्वाचनमा उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार अस्फन्द्यार कक्कडको निर्वाचन कार्यालय बाहिर उक्त घटना भएको हो ।’
     
    उनका अनुसार १४ शव र २३ घाइतेलाई तहसील सदरमुकाम अस्पताल लगिएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा हबिब काकरले चार जना घाइतेको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १८ पुगेको बताए।
     
    उक्त क्षेत्रमा पार्किङ गरी राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थ राखिएको डिसी मण्डोखाइलले बताए । प्रहरी, बम डिस्पोजल टोली र अन्य कानून प्रवर्तन एजेन्सीहरूले तुरुन्तै क्षेत्रलाई घेरा हालेर प्रमाण सङ्कलन गर्न थालेका थिए ।
     
    दोस्रो विष्फोट केही समयपछि किला सैफुल्लाहमा भएको बताइएको छ । जमियत उलेमा ए इस्लाम फजलको निर्वाचन कार्यालय बाहिर भएको उक्त घटनामा १२ जनाको ज्यान गएको र २० जना घाइते भएको उपायुक्त यासिर बजाइले बताए।
    बाजाईले पछि मृत्यु हुनेको संख्या १० मा परिमार्जन गरेका छन, उनका अनुसार गम्भीर व्यक्तिहरूलाई हेलिकप्टर मार्फत क्वेटा सारिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend