आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

‘अगस्त्य च्याप्टर १’ टिजर र फस्टलुकले उच्च हाइप

‘अगस्त्य च्याप्टर १’ टिजर र फस्टलुकले उच्च हाइप

  • मिडिया डबली
  • मंगलवार, माघ १६ २०८०

  • 1.7K
    SHARES

  • ‘अगस्त्य च्याप्टर १’ टिजर र फस्टलुकले उच्च हाइप

    काठमाडौं, १६ माघ - फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज भएदेखि थप हाइप पाएको छ ।टिजर सार्वजनिक भएसँगै मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ । फिल्ममा सौगात र नाजिरको एक्सनलुक्स र प्रमोद अग्रहरिको भिलेन लुक्सले पनि फिल्मको महत्व बढाइदिएको छ । यो फिल्मकै लागि नाजिरले २० किलो तौल बढाउनु र सौगातले तौल घटाउनुले पनि यी दुई कलाकार आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रष्ट्याउँछ ।

    अभिनेता सौगातको चरित्रमा देखिएको विविधताले दर्शकको मन झनै जितेको छ । टिजर हेर्दा उनलाई रोमान्टिक, एक्सन र मानसिक सन्तुलन गुमेको चरित्र गरी तीनवटा अवस्थामा देखाइएको छ । टिजरको अन्तिममा मेशिनगन लिएर प्रस्तुत भएका नाजिर हुसेनको प्रभावशाली चरित्रले होस् या प्रमोद अग्रहरी र निश्चल बस्नेतको झलकले सबैको ध्यान तान्न सफल भएको छ । टिजरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर उत्तिकै दमदार छ ।

    टिजरमा समावेश ‘मानव सभ्यताको शुरूवात जङ्गलबाट भयो, जङ्गल जङ्गल मासेर गाउँ बन्यो, गाउँबाट शहर सबै कुरा बद्लियो यहाँ, तर बद्लिएन मान्छे भित्रको जनवार’भन्ने संवादलाई दर्शकले औधी मन पराएका छन् ।टिजर सार्वजनिक भएको ३ दिनमै युट्युबमा करिब तीन लाखजनाले हेरेका छन् । करिब १३ सय जनाले ‘उत्कृष्ट’, ‘आगो’, ‘बबाल’ र ‘बहुमुखी अभिनेता सौगात मल्ल’ भन्दै प्रतिक्रिया दिएका छन् । यस हिसाबले फिल्म आम दर्शकका लागि फागुनको १८ गते प्रतीक्षित बन्न सफल भएको देखिन्छ ।

    फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरी र उनको टिमले टिजर बनाउन धेरै मिहिनेत गरेका थिए । जस अनुसार फिल्म क्षेत्रका मेकरहरुले सकारात्मक प्रतिक्रिया र दर्शकहरुको टिजर प्रतिको उत्सुकताले आफुलाई थप जिम्मेवार बनाएको उनीहरुको तर्क छ । साथै, फिल्मको सार्वजनिक हुन बाँकी रहेको ट्रेलरमा थप माया र साथ पाउनेमा टिम आशावादी देखिएको छ । फागुन ३ गते सार्वजनिक गरिने ट्रेलरले दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराउन निर्देशक चौधरी बताउँछन् ।

    विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

    डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो फिल्म फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ । फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १६ २०८०११:०३:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend