आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

‘पुष्पा २’ पछि अल्लु अर्जुन यी फिल्ममार्फत देखिने छन् सिनेमा घरमा

‘पुष्पा २’ पछि अल्लु अर्जुन यी फिल्ममार्फत देखिने छन् सिनेमा घरमा

  • मिडिया डबली
  • मंगलवार, माघ १६ २०८०

  • 1.6K
    SHARES

  • ‘पुष्पा २’ पछि अल्लु अर्जुन यी फिल्ममार्फत देखिने छन् सिनेमा घरमा

    मुम्बई -  फ्यानहरु अल्लु अर्जुनको फिल्म पुष्प २ को ब्यग्र प्रतिक्षामा रहेका छन् । यो फिल्म अगस्ट १५ मा हलमा रिलिज हुने तयारीमा रहेको छ ।

    अल्लु अर्जुनकोा यो फिल्मबाट फ्यानहरुले धेरै नै अपेक्षा गरेका छन् । पुष्पाको पहिलो पार्टले बक्स अफिसमा यस्तो हलचल मचाएको थियो, त्यसपछि यसको दोस्रो पार्टलाई लिएर उत्साह बढेको छ ।

    साथै, निर्माताहरूले फिल्मको बारेमा केहि अपडेटहरू दिइरहेका छन् जसका कारण फिल्म थप चर्चामा रहेको छ। पुष्पा–२ पछि पनि अल्लुले धेरै फिल्मबाट फ्यानलाई मनोरञ्जन दिनेछन् । उनीसँग अहिले धेरै परियोजनाहरू रहेको खबर बाहिर आएको छ ।

    पुष्पा २ पछि अल्लु अर्जुन त्रिविक्रम श्रीनिवासको ‘एए २२’ मा देखिने छन् । यस फिल्ममा उनीसँगै त्रिशा मुख्य भूमिकामा देखिने छिन् । अल्लु अर्जुनको यो सूची यहाँ मात्रै समाप्त हुँदैन। भारतीय समाचार माध्यमकाा अनुसार उनी जवानका निर्देशक एटली कुमारसँग पनि काम गर्न लागेका छन् । यद्यपि, यो फिल्मको बारेमा आधिकारिक घोषणा भने अझै गरिएको छैन, जे होस अल्लु अर्जुन एटलीकुमारसँग देखिने लगभग पक्का जस्तै छ । 

    समाचार अनुसार अल्लु अर्जुनले यसै वर्षको अन्त्यमा निर्देशक बोयापति श्रेणुसँग फिल्मको सुटिङ सुरु गर्न लागेका हुन् । उनले नै नयाँ फिल्मका बारेमा सहकार्य गर्न लागेको जनाएका छन । तर, यो फिल्मको बारेमा अहिलेसम्म कुनै घोषणा भने गरिएको छैन ।

    पुष्प २ काउन्टडाउन सुरु

    अब पुष्प २ रिलिज हुन २ सय दिन बाँकी छ । योसँगै फिल्मको चर्चालाई कायम राख्न निर्माताले नयाँ चाल सुरु गरेका छन् । उनले फिल्मको काउन्टडाउन सुरु गरिसकेका छन् । योसँगै एक पोस्टर पनि शेयर गरिएको छ । जसमा २ सय दिनमा काउन्ट डाउन सुरु भएको लेखेका छन । 

    पुष्प २ को स्टारकास्टको कुरा गर्दा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना र फहद फासिल महत्वपूर्ण भूमिकामा देखिनेछन् । जसलाई सुकुमारले निर्देशन गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १६ २०८००१:५०:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend