काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेसको ७८औं स्थापना दिवसका दिन शुक्रबार हेटौंडामा भएको कार्यक्रममा उनी कांग्रेस प्रवेश गरेका हुन् । न्यौपानेलाई कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंह, कांग्रेसका लोकप्रिय नेता इन्द्रबहादुर बानिया, जितजंग बस्नेत लगायतले कांग्रेस स्वागत गरेका थिए।
कांग्रेस प्रवेश गर्दै उनले रास्वपामा देश बनाउने कुनै एजेन्डा नभएको बताए । रास्वपाले जनतालाई आश देखाएर निराश बनाइदिएकाले आफू कांग्रेसमा गएको उनको भनाइ छ ।
न्यौपाने रवि लामिछानेका प्रमुख सहयोगी मानिन्छन् । पछिल्लो समय विभिन्न जिल्लाबाट रास्वपा छाड्नेको लर्को लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।