काठमाडौं - भारतको अयोध्यामा आज नवनिर्मित राम मन्दिरको भव्य उद्घाटन हुदै छ । नवनिर्मित भव्य राम मन्दिरमा श्रीरामको मूर्तिको प्राण प्रतिष्ठासँगै मन्दिरमा पूजा शुभारम्भ हुने छ ।
भारतीय समय अनुसार मध्यान्ह १२ बजेर २० मिनेटमा सुरु हुने प्राण प्रतिष्ठा कार्यक्रम १ बजे समापन हुनेछ । प्राण प्रतिष्ठाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि नरिवल पानी मात्रै पिएर भुइँमा कम्बल ओछ्याएर सुत्दै आएका छन् ।
प्राण प्रतिष्ठाका लागि देश विदेशका सयौं सन्त महन्थलगायत भारतका उच्च पदस्थ व्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा व्यापारीलगायत हजारौ पाहुना अयोध्या पुगेका छन् ।
यस समारोहका लागि सो क्षेत्र दुलहीझैं सिंगारिएको छ । अयोध्या, रामको जन्मभूमि भएको पौराणिक कथाहरुमा लेखिएको छ । त्यसकै आधारमा त्यहाँ मन्दिर बनाइएको थियो ।
जसलाई पाँच सय वर्षअघि मुगल सम्राट बाबरले राम भत्काएर बाबरी मस्जिद बनाए । जब यो कुरा खोजकर्ताहरुले बाहिर ल्याउँछन्, तब संघर्ष सुरु हुन्छ । पटक पटक दंगा हुन्छ, पटक पटकको प्रयासपछि १९९२ मा प्रदर्शनकारीहरुले मस्जिद भत्काइदिन्छन् ।
अयोध्या दंगामा दुई हजारभन्दा बढी मानिसको ज्यान जान्छ । अदालतमा मुद्दा चल्छ । सन् २०१९ मा अदालतले ऐतिहासिक फैसला गर्छ । त्यो भूमिमा राम मन्दिर बनाउन र मस्जिदका लागि अयोध्यामै कतै पाँच एकड जमिन उपलब्ध गराउन आदेश दिएको थियो ।
फैसलालगत्तै मन्दिर बनाउने काम सुरु हुन्छ । १८ अर्बको लागतमा बनेको विशाल मन्दिरमा आज प्राण प्रतिष्ठा गरिँदैछ । अर्थात्, पाँच सय वर्षअघि ध्वस्त पार्न खोजिएको इतिहास आज अझ विशाल स्वरुपमा स्थापित हुँदैछ ।
त्यसैले आजको कार्यक्रम एउटा मन्दिरको उद्घाटन मात्र होइन, भगवान रामले आफ्नै जन्मस्थलमा पाएको न्याय भएको भारतीयहरूको टिप्पणी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।