काठमाडौं - कलाकार तथा पत्रकार प्रकाश ढकालको मृत्यु प्रकरणमा चारजना पक्राउ परेका छन् ।
उनी गत मंसिर ३ गते बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा मृत फेला परेका थिए ।
प्रहरीले बस चालकसहित चारजनालाई पक्राउ गरेको हो। बस चालक, साहु र दुईजना सहचालकसँग विवाद भएपछि ढकाललाई रातिको समयमा घटनास्थल नजिकै छाडेर गएको पाइएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।
रातको समयमा छाडेपछि ढकालको मृत्यु भएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
ढकाल स्याङ्जाको चापाकोट नगरपालिका–७ का हुन्। उनी काठमाडौं बस्ने गर्दथे।
स्याङ्जाबाट काठमाडौं फर्किने बेलामा उक्त घटना भएको हो।
उनको हत्या कसले र किन गरेको हो भन्ने अझै खुलेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।