आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बंगाली गायिका मेज्झाबिनसँग त्रिपाठीले अमेरिकामा नचाए दर्शक

बंगाली गायिका मेज्झाबिनसँग त्रिपाठीले अमेरिकामा नचाए दर्शक

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २१ २०८०

  • 1.7K
    SHARES

  • बंगाली गायिका मेज्झाबिनसँग त्रिपाठीले अमेरिकामा नचाए दर्शक

    काठमाडौँ - करिब डेढ वर्षदेखि अमेरिकाको सांगीतिक टुरमा रहेका लोकप्रिय हास्य कलाकार महादेव त्रिपाठी ‘जादुगर’ले एकसय बढी कार्यक्रम गरिसकेका छन् ।

    उनको सांगीतिक टुर अझै रोकिएको छैन । यस्तैमा सोमबार उनले अमेरिकाको न्युजर्सीमा बंगलादेशकी चर्चित गायिका मेज्झाबिन मेहासँग सांगीतिक कार्यक्रम गरेका छन् ।

    एआरसिफर नेपालको आयोजना रहेको ‘ह्यापी दशैँ एण्ड तिहार’ नाम दिइएको कार्यक्रममा दुबैको प्रस्तुतिमा दर्शक झुमेर नाचेका थिए ।

    कार्यक्रममा त्रिपाठीले जादु, कमेडी प्रहसन, गीत र नृत्य प्रस्तुत गर्दा बंगाली गायिका मेहाले समेत हिन्दी र नेपाली गीतहरु प्रस्तुत गरेकी थिइन् ।

    मेज्झाबिनले हिन्दीमा बिभिन्न चलेका गीतहरु प्रस्तुत गरेकी थिइन् भने नेपालीमा ‘सम्झना बिर्सन सलल’ र ‘तिम्रो जिरो फिगर’ गाएर दर्शक नचाएकी थिइन् ।

    कार्यक्रममा गायिका मेज्झाबिनले हिन्दीको अलवा नेपाली गीत समेत आफुलाई गाउन मनपर्ने बताइन् । अमेरिकाको न्युजर्सीमा रहेका नेपाली दाजुभाईसँग दशैंँ तिहार फेष्टिभल सांगीतिक कार्यक्रम सहित सेलिब्रेसन गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक एआरसिफर नेपालका राजेन्द्र अन्जान श्रेष्ठले बताए ।

    कलाकार त्रिपाठीले यस अगाडि अमेरिकाको बिभिन्न स्थानमा विपुल क्षेत्री, बिमाकुमारी दुरा, मेलिना राई, निमा रुम्बा, हेमन्त राणा, कुन्ती मोक्तान र बलिउड कलाकार सोनु निगम, लक्कि अलि, बादशाह लगायतसँग सांगीतिक कार्यक्रम गरिसकेका छन् ।

    अझै केही स्थानको कार्यक्रम सकेर मात्र नेपाल फर्किने त्रिपाठीले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक २१ २०८०१२:२२:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend