काठमाडौं - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा आठौं राष्ट्रिय लोकदोहोरी अवार्ड– २०८० सम्पन्न भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा असोज ११ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर, जमलमा विभिन्न २४ वटा विधामा अवार्ड वितरण गरिएको थियो ।
चर्चित भिडियो सम्पादक मिलन विश्वकर्मा उत्कृष्ट भिडियो सम्पादन ‘जुरी’ अवार्डबाट सम्मानित भएका छन् ।

एक दशकभन्दा लामो समयदेखि संगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादन गर्दै आएका मिलनले धोकेबाज, ओइ काजल, फुल्यो बाबरी, पत्थरको मुटु, सिमसिमे पानीमा, सकम्बरी, ए झरी, तिमीलाई हेर्ने बानी पर्योलगायत झन्डै दुई हजारको हाराहारीमा भिडियो सम्पादन गरिसकेका छन् ।

लोकदोहोरी अवार्ड विशेष सम्मान शिव हमाल, दशकका स्रष्टा सम्मान एकनारायण भण्डारी, सदाबहार लोकगीत सम्मान पाण्डव सुनुवार ‘बाबरी फूलको बोट’ ले पाएका थिए ।
यस वर्षको लाईफटाईम अचिप्मेन्ट अवार्ड कृष्णसुधा ढुंगाना, उपत्यका समन्वय विशिष्ट सम्मान सपना रोका, संस्थागत सम्मान पुरुषोत्तम न्यौपाने, लोक पत्रकारिता पुरस्कार राजकुमार रायमाझी, दोहोरी साँझ कलाकार सम्मान कृष्ण आँशुलाई प्रदान गरिएको थियो।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।