शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कोशीको नयाँ मुख्यमन्त्रीमा कांग्रेसबाट नयाँ नेताको उदय हुँदै, यस्तो छ रणनीति

कोशीको नयाँ मुख्यमन्त्रीमा कांग्रेसबाट नयाँ नेताको उदय हुँदै, यस्तो छ रणनीति

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १२ २०८०

  • 7.1K
    SHARES

  • कोशीको नयाँ मुख्यमन्त्रीमा कांग्रेसबाट नयाँ नेताको उदय हुँदै, यस्तो छ रणनीति

    काठमाडौं - कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अब आठ दिन मात्रै रहने देखिएको छ । अहिलेकै समीकरण टिकिरहे एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाउने र सरकार ढल्ने अवस्था छ ।

    सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा रहेकाल मुख्यमन्त्री कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ ।

    एमालेसँग ४० सांसद छन्, तर बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । एमालेबाट मुख्यमन्त्री भएका कार्कीका लागि कम्तीमा पनि आठजना सांसद अपुग छ ।

    एमालेकै उपसभामुख रहेको र सभामुख नभएका कारण प्रदेशसभा सञ्चालन उपसभामुखले गर्नुपर्ने हुन्छ । त्यसो हुँदा सभाध्यक्ष सिर्जना दनुवारले मतदान गर्न पाउने छैनन् ।

    त्यस्तो अवस्थामा एमालेसँग एक सीट घटेर ३९ मात्रै हुनेछ । त्यसैले, एमालेलाई आवश्यक बहुमत पुर्‍याउन आठजना सांसद चाहिन्छ । आवश्यक संख्या पुर्‍याउन नसक्ने बुझेपछि एमाले नयाँ रणनीतिमा लागेको छ ।

    संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा बनेको सरकारले विश्वासको मत नपाएपछि उपधारा ५ मा झर्नेछ । असोज २० पछि नयाँ सरकार गठनका लागि एमाले अहिले कांग्रेससँग निरन्तर संवादमा छ ।

    पहिलो प्रयास कांग्रेस र एमाले मिलेर सरकार बनाउन खोज्नेमा छ । उपधारा ५ अनुसार बन्ने सरकारमा एमालेले कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्न खोजेको छ । कांग्रेसको संस्थापनइतर समूहका नेता केदार कार्कीलाई अगाडि सार्न खोजेको छ ।

    शेखर कोइराला र महामन्त्री गगन थापा समूहका सांसद कार्कीलाई उम्मेदवार बनाउँदा राप्रपाले पनि समर्थन गर्ने सम्भावना रहेको बताइन्छ ।

    प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । कार्कीलाई कांग्रेसको इतर समूहका सबै सांसदले साथ दिए एमाले मात्रै मिले पनि सरकार बन्न सक्छ ।

    अहिले एमालेले त्यही प्रयास गरिरहेको ओलीनिकट स्रोतको दाबी छ । त्यहीकारण कांग्रेसभित्र दुईपटक मुख्यमन्त्री भएका उद्धव थापालाई उम्मेदवार बनाउन नहुने इतरसमूहका नेताहरुको लविङ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २५ २०८०१२:२३:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend