काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीयुक्त स्टाटस फेसबुकबाट डिलिट गरेका छन् ।
बालेनले सोमबार बिहान सामाजिक सञ्जालबाट सो स्टाटस हटाएका हुन् । शनिबार राति आफ्नी श्रीमती सविना काफ्ले सवार महानगरको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको भन्दै बालेनले संघीय सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।
बालेनको सो स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेको थियो । साथै, बालेन पनि विवादमा तानिएका थिए । हाल नेपाल र भारतको क्रिकेट खेल हेर्न श्रीलंकामा रहेका बालेनले सोमबार सुटुक्क स्टाटस डिलिट गरेका हुन् ।
मेडिसिटी हस्पिटलबाट घर फर्किंदा सविना सवार गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको थियो । शनिबार बिदाको दिन पनि आवश्यक कागजात नलिई ड्राइभरले गाडी चलाएको पाइएको थियो ।
जुन घटनालाई लिएर गृह मन्त्रालय र प्रहरीले अनुसन्धान गरिरहेको छ । यहीबेला बालेनले स्टाटस डिलिट गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।