काठमाडौँ- गायिका जानुका तामाङको तिज गीत 'हरहरहर माहादेब...' रिलिज भएको छ । बुधबार जानुका तामाङकै आफ्नै अफिसियल युटुब च्यालन मार्फत गीत रिलिज भएको हो ।
गीतमा जानुका तामाङको आबाज रहेको छ भने उनलाई चर्चित गायक तथा गीतकार खेम सेन्चुरीले आबाजमा साथ् दिएका छन् । जानुका तामाङको शब्दलाई टपक्क टिपेर खेम सेन्चुरीले गीतमा संगीत भरेका हुन् ।
शुनिल परियारको संगीत संयोजन रहेको उक्त गीतको भिडिओलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने भिडिओमा मोडल ओबी रायमाझी र अन्जली अधिकारिको दमदार नृत्य देख्न सकिन्छ ।
राजेश घिमिरेको छायाँकन रहेको उक्त भिडिओलाई मनोज कार्कीको सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।