आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

हिन्दी गीत ‘दुपट्टा तेरा नौ रंग दा’ मा पूर्वयुवराज्ञी हिमानीको डान्स (भिडियो)

हिन्दी गीत ‘दुपट्टा तेरा नौ रंग दा’ मा पूर्वयुवराज्ञी हिमानीको डान्स (भिडियो)

  • मिडिया डबली
  • सोमवार, भाद्र ४ २०८०

  • 17.9K
    SHARES

  • हिन्दी गीत ‘दुपट्टा तेरा नौ रंग दा’ मा पूर्वयुवराज्ञी हिमानीको डान्स (भिडियो)

    काठमाडौं - पूर्वयुवराज्ञी हिमानी शाह सामाजिक साथै पारिवारिक भेटघाटमा प्रायः सहभागी हुने गर्छिन् ।

    हिमानी ट्रस्टमार्फत सामाजिक सेवामा क्रियाशील हिमानी एक समय ससुरा पूर्वराजा ज्ञानेन्द्र शाहसँग डान्स क्लब एलओडीमा नृत्य गरेर चर्चामा आएकी थिइन् ।

    अहिले उनै हिमानीको एउटा पार्टी डान्स सामाजिक सञ्जालमा भाइरल बनेको छ । नीलो रंगको सारी र ब्लाउजमा हिमानी कुनै एक पार्टीमा हिन्दी गीत ‘दुपट्टा तेरा नौ रंग दा...’ मा डान्स गरिरहेको देख्न सकिन्छ ।

    साथीसंगीको दबाब थेग्न नसकेर उनले गीतको अन्तरामा मात्र नृत्य गरेर हिँडेको भिडियोमा देख्न पाइन्छ । भिडियो कहाँको हो भन्ने खुलेको छैन ।

    तर पत्रकार पवर्नवर्षा शाहको ट्विटर ह्यान्डिलबाट सोमबार दिउँसोमात्र हिमानी डान्स गरिरहेको भिडियो सार्वजनिक भएको हो ।

    हिमानीलाई नृत्यमा निकै सौख रहेको उनका छोरीहरूको टिकटकमार्फत पनि देख्न सकिन्छ । फेसबुक वा टिकटकमा छोरीसँगै हिमानीले नृत्य गरेका धेरै भिडियो सार्वजनिक भइसकेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ४ २०८००१:५३:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend