काठमाडौं - एबि मोशनको प्रस्तुति र आहा टिभीको सहकार्यमा 'ठुलै भुल गरे....' बोलको गीत सार्वजनिक भएको छ।
ऋषि बराल सृजनको निर्देशन रहेको 'ठुलै भुल गरे...' बोलको गितमा ऋषि बराल (सृजन) को शब्द सुबास कार्की अर्थात कार्की जिको संगित र जीवन बडुको संगित मिश्रण रहेको यस गितमा अहिले कि चर्चित नव गायिका सिम्रन परियारको स्वर रहेको उक्त गीत मा अहिलेका चर्चित मोडेल चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन, निरुता शाही,खिलानाथ रेग्मी,रोयल पृन्स,मुकेश सुनुवार,भुवन अधिकारी र नुम बहादुर खत्रीको अभिनय देख्न सकिन्छ। सार्वजनिक गितको भिडियो लाई दिपक गिरिले छायांकन एवम् अमृत चापागाईले सम्पादन गरेका छन् ।
अहिलेको भाइरल गायिका सिम्रन परियारको स्वर रहेको उक्त गीत को भिडियोमा अहिलेको पुस्तामा हुने प्रेम र बिछोड पछि भोगाइ लाई भिडियोमा प्रस्तुत गरेको देखिन्छ।
सार्वजनिक भिडियोलाई एबि मोशनको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।