काठमाडौँ- गायक कृष्ण रेउले, जय देबकोटा गायिका लक्ष्मी रेग्मी र मिना लामाको आबाजमा रहेको तिज गीत 'जुनकिरी जुन तिर...' रिलिज भएको छ । बुधबार टिका भुजेल अफिसियल युटुब च्यानल मार्फत गीत रिलिज गरिएको हो ।
शम्भु श्रेष्ठको शब्दमा रहेको गीतलाई कृष्ण रेउलेले संगीत भरेका छन् । गीतमा संजय सेरपालको संगीत संयोजन रहेको छ ।
मदन खड्काको निर्देशनमा तयार पारिएको भिडिओमा मोडल अस्विन मगर, ऋतु तामाङ र लालिमा मल्लको दमदार नृत्य देख्न सकिन्छ ।
जनता डिजिटल एण्ड फिल्सको ब्यानरमा तयार पारिएको उक्त भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् भने छायाँकन दिपक गरिको रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।