काठमाडौं - कान्तिपुर टेलिभिजनले सन्दीप क्षेत्रीले चलाउँदै आएको ‘ह्वाट द फ्लप’ कार्यक्रमको प्रसारण रोक्ने निर्णय गरेको छ ।
टेलिभिजनले बिहीबार एक सूचना निकाल्दै अबदेखि ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी दिएको हो ।
‘गत असार २३ शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं ।
महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं,’ कान्तिपुर टेलिभिजनले निकालेको सूचनामा भनिएको छ ।
नाबालिग बलात्कारको आरोपमा एक वर्ष जेल बसेर निस्केका पल शाहलाई क्षेत्रीले कार्यक्रमको अतिथि बनाएका थिए ।
जसमा पल शाहले जेल जीवनको स्मरण गर्दा सन्दीप मरीमरी हाँस्थे । यो विषयबारे चौतर्फी आलोचना भएपछि कान्तिपुरले युट्युबबाटै सो कार्यक्रम हटाएको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।