आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अभिनेता सारुक ताम्राकारले किन गरे आत्महत्या ? नेपाली सिने क्षेत्र स्तब्ध

अभिनेता सारुक ताम्राकारले किन गरे आत्महत्या ? नेपाली सिने क्षेत्र स्तब्ध

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २२ २०८०

  • 6.1K
    SHARES

  • अभिनेता सारुक ताम्राकारले किन गरे आत्महत्या ? नेपाली सिने क्षेत्र स्तब्ध

    काठमाडौं - नेपाली सिने क्षेत्रमा उदाउँदै गरेका अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् ।

    बिहीबार मध्यराति उनी रातोपुलस्थित आफ्नै निजी निवासको भ¥याङमा झुन्डिएको अवस्थामा फेला परेको कलाकार अरुण रेग्मीले जानकारी दिएका छन् ।

    सारुक कलाकार सानु ताम्राकारका एक मात्र छोरा हुन् । बाबुआमा बाहिर पार्टीमा गएको समयमा उनले आत्महत्या गरेको बताइन्छ ।

    सारुक पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनित फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्मको मुख्य अभिनेतासमेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए ।

    ‘बिहीबार बिहानसम्म सुटिङ गरेर फर्किएका हिरोको अचानक बेलुका यस्तो खबर आएपछि हामी सारुकको घर पुगेको थियौ’, रेग्मीले भने । सारुकको शवलाई पोष्टमार्टमका लागि राति नै टिचिङ अस्पताल महाराजगञ्ज लगिएको रेग्मीले जानकारी दिए । सारुकले ‘इन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’, ‘नमरी बाँचे’ लगायत फिल्म अभिनय गरेका थिए । उदाउँदो अभिनेताको निधनले नेपाली सिने क्षेत्र स्तब्ध बनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २२ २०८०११:२३:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend