आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नायिका एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा

नायिका एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा

  • मिडिया डबली
  • बिहिवार, आषाढ २१ २०८०

  • 2.2K
    SHARES

  • नायिका एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा

    काठमाडौं -  नायिका एवं मोडल एलिजा गौतमले आफूले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् ।

    पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर राजनीतिमा जोडिएकी गौतमले देश र जनताको सेवा गर्ने भन्दै राजनीति त्यागेको घोषणा गरेकी हुन् ।

    गौतमले राजनीति त्यागेको घोषणा बिहीबार फेसबुकमा लामो स्टाटस लेख्दै गरेकी हुन् । उनले उक्त स्टाटसमा धरानका मेयर हर्क साम्पाङलाई भेटेर आफू उनको कामबाट प्रभावित भएको बताएकी छन् ।

    गौतमले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन् ।

    साथै उनले साम्पाङलाई भेटेर वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उक्त स्टाटसमा उल्लेख गरेकी हुन् ।

    यस्तो छ एलिजा गौतमको फेसबुक स्टाटस -

    समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट बिदा

    धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ ।

    उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ ।

    श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।

    दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ३ २०८००१:५२:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend