काठमाडौं - सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’को रिलिज अन्योलमा परेको छ ।
प्रशस्त चुम्बन र बेडसिन भएकाले असार १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्मलाई सेन्सर बोर्डले जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।
बोर्डले फिल्ममा समावेश चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ । मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेका थिए ।
तर, सेन्सर बोर्डको निर्देशन मान्ने पक्षमा निर्मात्री शर्मिला पाण्डे छैनन् । बोर्डले आपत्ति जनाएका दृश्य हटाए फिल्मको मूल मर्म मर्ने उनको भनाइ छ ।
पाण्डेले फिल्मका कुनै दृश्य नहटाउने बरु कानुनी उपचारमा जाने बताएकी छन् । गत महिना सार्वजनिक भएको ट्रेलरले नै फिल्म सेन्सर प्रक्रियामा अल्झिने अनुमान धेरैले गरेका थिए ।
नेपाली र भारतीय भाषामा तयार गरिएको फिल्म असार १५ गतेदेखि भारतका हलमा प्रदर्शन हुँदैछ । तर, नेपालमा फिल्मको दृश्यलाई लिएर सेन्सर बोर्डले आपत्ति जनाउँदै जाँचपासको प्रमाणपत्र नदिएपछि रिलिज अन्योल बनेको छ ।
फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।