आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

आदिपुरुष नेपालभर नचलाउने, वितरक भन्छन्, लगानी डुब्यो

आदिपुरुष नेपालभर नचलाउने, वितरक भन्छन्, लगानी डुब्यो

  • मिडिया डबली
  • सोमवार, आषाढ ४ २०८०

  • 3.7K
    SHARES

  • आदिपुरुष नेपालभर नचलाउने, वितरक भन्छन्, लगानी डुब्यो

    काठमाडौं - काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर आदिपुरुषको प्रदर्शन रोकिएको छ ।

    फिल्मका नेपालका लागि वितरक मनोज राठीले आदिपुरुष देशभर नचलाउने निर्णय गरेका हुन् । चलचित्रको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबार विज्ञप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ ।

    कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिए । ‘काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौं,’ उनले भने । उनले फिल्म किन्दा आफूले गरेको करोडौं लगानी डुबेको बताए ।

    एउटा फेसबुक स्टाटसकै भरमा फिल्म हलमा चलाउन सकिन्न भने किन अबदेखि विदेशी चलचित्र किनेर नेपाल ल्याउने भन्ने उनको प्रतिप्रश्न छ । काठमाडौं महानगरपश्चात् आदिपुरुषलाई पोखरा, धरान, वीरगञ्जलगायतका सहरमा समेत स्थानीय निकायका प्रमुखले प्रदर्शन नगर्न निर्देशन दिइसकेका छन् ।

    वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टि व्यक्त गरेको छ । संघका उपाध्यक्ष गोपालकाजी कायस्थले कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जानकारी र्दिए ।

    ‘यसरी सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउनु उचित समाधान होइन । हामी यस विरुद्ध कानुनी प्रक्रियामा जान्छौँ र निकास खोज्छौं,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ४ २०८००३:५७:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend