काठमाडौँ- लोकप्रिय गायिका समिक्षा अधिकारि, राज रेग्मी र गणेश रेग्मीको आवाजमा रहेको लोकदोहोरी गीत 'मै राम्रो छु केरे...' छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
केहि दिन अगाडी मात्र गणेश रेग्मीको आफ्नै अफिसियल युटुब च्यालन मार्फत रिलिज गरिएको गीतले राम्रो चर्चा पाएको हो । राज रेग्मीको शब्द, लयमा तयार पारिएको गीतलाई सुनिल परियारले संगीत संयोजन गरेका हुन् ।
कुमार केसीको निर्देशनमा रहेको भिडिओलाई राम केसीले छायाँकन गरेका हुन् । भिडिओमा लोकप्रिय कलाकारहरु तेजस रेग्मी, यन्सु भट्टराई, गणेश रेग्मी र दिक्षा आचार्यको दमदार अभिनय देख्न सकिन्छ ।
जनता डिजिटल एण्ड फिम्सको ब्यानरमा तयार पारिएको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।