काठमाडौं - गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको आवाजमा रहेको गीत ‘पान पाते ओठ’ सार्वजनिक भएको छ ।
शेर साउद निर्देशित भिडिओमा सन्दीप न्यौपाने, निक्स शर्मा, बद्रीप्रसाद तिवारी, शेर साउद र भावना गुरुङ फिचर्ड छन् ।
गीतमा शेर साउदको शब्द र संगीत तथा एचबीएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । भिडिओमा नवराज उप्रेतीको छायांकन, नविन उप्रेतीको सम्पादन, मनोज कार्कीको जीएफएक्स र कलर छ । भिडियोको पोस्ट प्रोडक्सन एलिस इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन छ ।
गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’ लगायतका गीत चलेका गीतमा पर्छन् । नयाँ गीत ‘पान पाते ओठ’बाट गायक न्यौपाने आशावादी छन् । गीतको भिडियो गायक न्यौपानेको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।