बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

समानुपातिक सांसद बन्न झन्डै तीन करोड भेटी, तर ढाकाकुमारको बोली सुन्ने कसले

समानुपातिक सांसद बन्न झन्डै तीन करोड भेटी, तर ढाकाकुमारको बोली सुन्ने कसले

  • मिडिया डबली
  • बुधवार, जेठ १० २०८०

  • 48.0K
    SHARES

  • समानुपातिक सांसद बन्न झन्डै तीन करोड भेटी, तर ढाकाकुमारको बोली सुन्ने कसले

    काठमाडौं - ‘बलेको आगो सबैले ताप्छन्, निभेको आगो कसले ताप्ने’ भन्ने लोकोक्ति नै छ ।

    यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी बलेको आगो हो । पार्टी गठन भएको ६ महिनामै २१ सांसद जितेपछि अहिले त्यो पार्टीका नेताको खुट्टा भुइँमा छैन ।

    तर त्यही पार्टीको सांसद पद गुमाएका ढाकाकुमार श्रेष्ठले नयाँ तथ्य बाहिर ल्याएका छन् । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि पार्टीको कारबाहीमा परेका श्रेष्ठले सांसद पद पनि गुमाएका छन् ।

    तर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन नै रहेकाले अन्तिम न्यायका लागि उनी कुरिरहेका छन् । उनै श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र महासचिव मुकुल ढकाललाई झन्डै तीन करोड बुझाएको तथ्य बाहिर ल्याएका छन् ।

    ढाकाकुमारले सभापति रवि लामिछानेनिकट भनिएका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा बुझाएको दाबी गरेका छन्।

    ‘रविजीको कोर टीममा रहेका खास–खास व्यक्तिहरूले तपाईंलाई सांसद बनाइदिन्छम्, तीन करोड पैसा दिनुहोस् भनेपछि नाई भन्ने कुरै भएन । मैले सुरुमा मुकुलजीलाई एक करोड दिएँ। उहाँ पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा हुनुहुन्थ्यो। पछि कार्यालयमै गएर डीपीजी र मुकुलजीलाई एक करोड ८४ लाख दिएँ।

    ‘मसँग धेरै पैसा थिएन, सांसद बन्ने नाउमा तीन करोडभन्दा बढी सकेँ । तर अहिले उनै साथीहरूले घात गरेँ। ममाथि अन्याय गरेँ। पार्टीले मलाईं मात्र दोषी बनायो। मैले पार्टीको लागि पैसा सक्काएको छु। सांसद बनाइदिन्छम् भन्दा उल्टै नेतालाई पैसा बुझाएको छु। तर कसैबाट एक–रुपैयाँ मागिनँ । मेरो कुनै गल्ती छैन। म न्याय पाउँछु,’ ढाकाकुमारले बुधबार निस्कने जनआस्था नामक पत्रिकामा रहस्य खोलेका छन् ।

    ढाकाकुमारले आमनिर्वाचनको प्रचारप्रसारका क्रममा आफूले रास्वपाका लागि व्यक्तिगत रुपमा १० देखि १५ लाखसम्म खर्चिएको पनि उल्लेख गरेका छन् ।

    विवादित मेडिकल व्यवसायी प्रसाईंसँग घुस मागिएको भनिएको ‘टेलिफोन संवाद’को आवाज आफ्नो नभएको उनले दाबी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १२ २०८००२:०६:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend