काठमाडौं - राप्रपाको आयोजनामा कैलालीको धनगढीमा सोमबार पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुने भएको छ।
नागरिक अभिनन्दनका लागि आइतबार पूर्वराजा शाहको परिवार धनगढी पुगेको हो। धनगढीको रंगशालामा आज ३ बजेदेखि नागरिक अभिनन्दन गरिने समितिका संयोजक जयन्त चन्दले जानकारी दिए।
पूर्वराजाको नागरिक अभिनन्दनका लागि ११ सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन भएको आयोजकले जनाएको छ।
यसअघि जेठ ६ गते हुने भनिएको पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम थियो। नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द घोषणा गरेकाले सोमबारका लागि सारिएको थियो ।
आइतबार धनगढी आइपुगेका पूर्वराजा शाहलाई हेर्न सडकका दुवैतिर नागरिकको भीड लागेको थियो । धनगढीका मेयर गोपाल हमाल छन् । उनी स्वतन्त्र मेयर भए पनि राजसंस्था मन पराउँछन् ।
त्यसमाथि सुदूरपश्चिममा राप्रपाको राम्रो जनमत छ । त्यसैले पनि मानिसहरूको भीड लागेको हो । धनगढीमा पूर्वरानी कोमल शाह र पूर्वयुवराज पारस शाहबाहेक राजपरिवारका सबै सदस्य पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।