मंगलवार, जेठ १६ २०८०May 30 2023

Logo
images

त्रिवि क्रिकेट मैदान पूरै ढाकियो पालले, पानी रोकिने आश

त्रिवि क्रिकेट मैदान पूरै ढाकियो पालले, पानी रोकिने आश

  • मिडिया डबली
  • सोमवार, बैशाख १८ २०८०


  • त्रिवि क्रिकेट मैदान पूरै ढाकियो पालले, पानी रोकिने आश

    काठमाडौं - एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

    लगातारको झरीले खेल प्रभावित बनेको हो । अहिले त्रिवि क्रिकेट मैदान पालले पूरै ढाकिएको छ । वर्षाले मैदान भिज्न नपाओस् भनेर पालले छोपिएको हो । वर्षाका कारण ओभर छोट्याउने प्रयास भइरहेको छ ।

    images
    images

    सम्भव भएसम्म २० ओभरसम्म आजै खेलाउने तयारी छ । नेपाल र युएईबीचको फाइनल खेलका लागि दुई दिनको समय छुट्याइएको छ । मंगलबार पनि खेल हुनेछ ।

    हालसम्म १६ ओभर खेलेको युएई नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा छ । यदि अब एउटा मात्र विकेट झरेमा युएई सस्तैमा आउट हुने छ । नेपाललाई थोरै ओभर दिए पनि पूरा गर्ने देखिन्छ ।

    अहिले क्रिकेट प्रेमी भिजेर भए पनि मैदानमै रहेका छन् । उनीहरू एक घन्टा भए पनि पानी रोकिने आशमा छन् । सस्तैमा युएईका खेलाडी आउट भएको र रनस्कोर पनि कम भएकाले नेपाललाई सहज छ ।

    यदि पानी रोकिएर २० ओभर मात्र खेल्न पाए पनि नेपालले उपाधि जित्ने सम्भावना धेरै छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १८ २०८००१:५७:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend