काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो ।
सरकारमा लामासँगै कांग्रेसका तीर्थ लामामा पनि सहभागी हुने भएका छन् । बहादुरसिंह आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थ लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीका रुपमा सरकारमा सहभागी हुन लागेका हुन् ।
उनीहरुलाई आजै सपथ गराउँने तयारी भएको मुख्यमन्त्रीको कार्यलयले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।