आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पूर्व मिस नेपाल अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर

पूर्व मिस नेपाल अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर

  • मिडिया डबली
  • आइतवार, चैत्र २६ २०७९

  • 2.6K
    SHARES

  • पूर्व मिस नेपाल अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर

    काठमाडौँ- पूर्व मिस नेपाल अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् ।

    शुक्रबार हात्तीसार स्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी पत्रमा हस्ताक्षर भए सँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन्।

    यस अघिकी ब्राण्ड एम्बेस्डर पुजा शर्माको कार्यकाल सकिए सँगै संस्थाले अस्मिलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्राएको हो। सम्झौता कार्यक्रममा स्वागत मन्तव्य राख्दै राइटपाथका कर्पोरेट म्यानेजर प्रवेश जीशीले उपस्थित सबैलाई धन्यवाद दिए।

    सन् २०१६ देखि निरन्तर गुणस्तरीय परामर्शको सारथि बन्दै आएको भन्दै उनले अस्मि श्रेष्ठ जस्तो व्यक्तित्वलाई सद्भावना दूत बनाउन पाउँदा गौरवको महसुस भएको बताए।

    जिसीले राइटपाथको आगामी यात्रा उनी सँगको सहकार्यका कारण अझै सफल हुने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डेले व्यक्तिगत र इक्यानका तर्फबाट शुभकामना दिए ।

    आफूले दुई दशक अघि देखि यो क्षेत्रमा बसेर हेर्दा सही समयमा सही निर्णय गर्ने संस्थाका रूपमा राइटपाथलाई पाएको भन्दै उनले गुणस्तरीय सेवाका लागि संस्थाले जसरी आफूलाई स्थापित गरेको छ त्यो अझै कायम रहोस् भन्ने शुभकामना दिए।

    ब्रान्ड एम्बेस्डर बनेपछि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मिस नेपाल अस्मि श्रेष्ठले राइटपाथले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिइन् । आफू मिस नेपाल बनिसकेपछि फेसन मोडलका रूपमा कार्यरत रहेको र इन्टेरियर डिजाइनर समेत भएको बताएकी उनले आफू पनि सहिमार्ग (राइटपाथ) मा हिँड्न खोजेको बेला संस्था सँग जोडिएको भनाई राखिन्।

    कुनै ब्राण्ड सँग जोडिनु अघि आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने गरेको र राइटपाथले नैतिकता सहितको व्यवसाय गरिरहेको पाएकाले मात्रै आबद्ध भएको उल्लेख गरिन्।

    गुणस्तरीय परामर्श दिने कामलाई अझै अगाडी लाने र यो सहकार्यले थुप्रै माइलको यात्रा तय गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्। राइटपाथका फाउन्डर सिइओ फिलिप डिसीले अस्मि श्रेष्ठलाई ब्राण्ड एम्बेस्डरका रूपमा जोडिएकोमा धन्यवाद दिए ।

    उनले आफ्ना मेहनती कर्मचारीहरू तथा सबै शुभचिन्तकहरूको साथका कारण संस्था यो स्थानमा आइपुगेको भन्दै निरन्तरको साथ सहयोगका लागि आभार प्रकट गरे।

    गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा लिएर स्थापना भएको र आजसम्म नारा अनुसारकै काम गर्दै आएको उनको दाबी थियो। अस्मि श्रेष्ठ सँगको सहकार्यले आगामी एक वर्ष भित्र विभिन्न गतिविधिहरू हुने र त्यसले विद्यार्थीलाई फाइदा पुग्ने विश्वास आफूले लिएको उनको भनाइ थियो ।

    पुतलीसडक काठमाडौँमा प्रधान कार्यालय रहेको राइटपाथ करियर काउन्सिलिङको ९ वटा शाखा कार्यालय रहेका छन्। राइटपाथ विश्वका विभिन्न मुलुक अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको भरपर्दो परामर्श दाता संस्था हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २६ २०७९०३:०७:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend