काठमाडौं– यसवर्षको बिन्ध्याबासीनि संगीत साधना सम्मान सुक्मीत गुरुङलाई प्रदान गरिने भएको छ।
हरेक वर्ष श्रस्ठा सम्मानमा ठुलो धनरासी सहित सम्मान गर्दै आइरहेको बिन्ध्याबासीनि म्युजिकले यो वर्ष संगीत साधना सम्मान अग्रज गायिका गुरुङलाई प्रदान गर्ने भएको हो।
बिन्ध्याबासीनि म्युजिक अवार्डको १३औं संस्करण आगामी बैशाख २२ गते हुने र सोही समारोहमा यो गुरुङलाई सम्मान गर्न लागिएको हो। यसअघि बिन्ध्याबासीनि संगीत साधना सम्मानबाट भजन शिरोमणी भक्तराज आचार्य, संगीतकार सम्भुजित बास्कोटा, संगीततकार शक्ति बल्लभ, गीतकार
कृस्णहरि बराल, गायक दिप श्रेष्ठ, गायिका ज्ञानु राणा, गायक दीपक खरेल, गायिका कुन्ती मोक्तान, र गायिका तारा थापा सम्मानित भइसकेका छन्।
बिन्ध्याबासीनि म्युजिकले लाईफ टाईम अचिभमेन्ट अवार्ड १ लाख, संगीत साधना सम्मान ५० हजार, प्रेमध्वज संगीत रत्न सम्मान २५ हजार र कला पत्रकारीता सम्मान २५ हजार धनरासी प्रदान गर्दै आएको छ।
निजी क्षेत्रबाट यति ठुलो धनराशीको सम्मान नेपाली संगीत इतिहासमै पहिलो हो। यसका अलावा यसै बर्षबाट बिन्ध्याबासीनि फाउन्डेसनले २५ हजार धनराशी सहितको ‘झलकमान लोक संगीत सम्मान’को घोषणा गरेको छ।
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको सिफारिस बमोजिम कुनै एक लोक श्रस्ठा–प्रस्तोता लाई यो सम्मान प्रदान गरिने कुरा फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिइन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।