मंगलवार, जेठ १६ २०८०May 30 2023

Logo
images

नयाँपनको उमंग सिजीको उत्कृष्ट प्रोडक्टका साथ नयाँ बर्ष उपहार योजना

नयाँपनको उमंग सिजीको उत्कृष्ट प्रोडक्टका साथ नयाँ बर्ष उपहार योजना

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १७ २०७९


  • नयाँपनको उमंग सिजीको उत्कृष्ट प्रोडक्टका साथ नयाँ बर्ष उपहार योजना

    काठमाडौं - नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुको खुशीयालीमा झनै उमँग भर्न सी.जी. को “नयाँ वर्ष २०८० सी.जी. को, उमँग नयाँपनको” उपहार योजना लिएर आएको छ ।

    यस उपहार योजना अन्तर्गत सीजीको यो नया वर्ष, सीजी मेरिडियाको उत्कृष्ट उत्पादनहरुमा नयाँपनको उमँगसहित ग्राहकहरुको लागि उपलब्ध छ ।

    images
    images

    यस योजनासँगै ग्राहकवर्गहरुले सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ २३% सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु घर ल्याउन सकिने छ ।

    आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानसँगै नेपालको आफ्नै ब्राण्ड सीजीको विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षको उत्सव मनाउन सकिने छ ।

    यस उपहार योजना अन्तर्गत सी.जी.का विभिन्न उत्पादन जस्तै एन्ड्रोइड टि.भि., स्मार्ट टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

    यसरी फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत रु.५००० र स्पिलीट् एयर कन्डिशनरमा क्यासब्याक लगायत रु.४००० बराबरको जडान निःशुल्क रहेको छ भने ६५” र ७५” एन्ड्रोइड टि.भि. मा रु. ७५९० बराबरको सी.जी. २.१ स्पीकर उपहार रहेको छ ।

    सेमि–अटोमेटिक तथा टप लोडिङ् वाशिङ मेशिनमा रु. ९२० बराबरको २ के.जी. को एरियल म्याटिक उपहार रहेको छ भने फ्रन्ट लोडिङ वाशिङ मेशिनमा रु. २५०० बराबरको ६ के.जी. को एरियल म्याटिक उपहार रहेको छ ।

    साथै, डबल डोर रेफ्रिजरेटरमा रु.१२६० बराबरको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा रु. २८०० बराबरको कुकिङ किट, स्टिम वाश डिशवाशरमा २ प्याकेट डिशवाशर किट तथा मल्टीडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा रु. ७०९० बराबरको सी.जी. मेरिडिया भ्याकुम उपहार रहेको छ । यो योजना चैत्र १३, २०७९ देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १७ २०७९०१:४७:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend