काठमाडौं- नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण शुक्रबार दिउँसो ३ बजे शीतल निवासमा राखिएको छ । तर साढे १ बज्दा पनि कांग्रेसबाट मन्त्री हुनेहरूको सबै नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । बिहीबार बाहिर आएका मन्त्रीका नाममा कांग्रेसमै असन्तुष्टि उत्पन्न भएपछि सभापति शेरबहादुर देउवाले चारजनाको नाम मात्र प्रधानमन्त्रीलाई बुझाएका छन् ।
स्रोतका अनुसार कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा.प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङको नाम मात्रै देउवाले प्रधानमन्त्रीलाई बुझाएका छन् । कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय पाएको छ । तर बाँकी चारजनाको नाममा सहमति नजुटेको बुझिएको छ । उपसभापति धनराज गुरुङ, एनपी साउद, डिगबहादुर लिम्बू र मोहनबहादुर बस्नेत मन्त्री बन्ने सूचीमा रहेको भन्दै बिहीबारदेखि मन्त्रालयसमेत टुंगिएको जसरी प्रचार भएको थियो । तर शपथ लिनेबेलासम्म चार मन्त्रीको नाम टुंगिएको छ ।
संस्थापनइतर समूहले दुई मन्त्रालयमा चित्त नुझेपछि नाम नै दिएको छैन । शुक्रबार बसेको शेखर कोइराला–गगन थापा समूहको पदाधिकारी भेलाले मन्त्री बन्नेको नाम नदिने निर्णयपछि आज कांग्रेसबाट चारजनाले मात्रै शपथ लिने सम्भावना देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।