काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुपमा रुचाइएका निर्देशक तथा मोडल बिशाल नेपालीको निर्देशनमा तयार पारिएको 'तिम्रै हुन् पाम...' ले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
गायक नरेश खाती र गायिका ममता गुरुङको आवाजमा रहेको उक्त गीतमा नरेश खातिकै लय शब्द रहेको छ । बिशाल निरौलाको संगीत संयोजन रहेको गीतलाई छोटो समयमा नै ब्यापक रुपमा रुचाइएको हो ।
भिडिओमा नायक शुशान्त कार्की र मोडल प्रियाना आचार्य (मुन्नी) को दमदार अभिनय देख्न सकिन्छ । दिनेश पराजुलीको छायाँकन रहेको भिडिओलाई निर्देशक बिशाल नेपालीले कुलेखानी आसपासमा निर्देशन गरेका हुन् ।
मेक्सम नरेश अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको उक्त भिडिओमा मनोज कार्कीको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।