काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बिहान बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारलाई मतदान गर्ने दल र सांसदलाई धन्यवाद दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भई कार्यभारसमेत सम्हालिसकेका छन् । पौडेलले कांग्रेसको सम्पूर्ण जिम्मेवारीका साथै सांसद पदबाट पनि राजीनामा दिएका छन् । कांग्रेस बैठकमा पार्टीले राजनीतिक कोर्ष करेक्सन गर्न सफल भएको विषयमा समेत नेताहरूले छलफल गरेका थिए ।
कांग्रेस बैठकले उपराष्ट्रपतिमा गठबन्धनका साझा उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्न संघीय र प्रदेश सांसदहरुलाई मतदान गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता महतले बताए। कांग्रेसले अहिलेसम्म औपचारिक निर्णय गरेको थिएन ।
कांग्रेसले तनहुँ १ र चितवन २ मा उम्मेदवार सिफारिस गर्न पार्टीका निकायलाई निर्देशनसमेत दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।